arrow

सिंगापुरमा मुटु रोग छिट्टै पत्ता लगाउन एआई प्रणाली परीक्षण गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
heart-attack-heart.jpg

सिंगापुर । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले मुटुको समस्या छिट्टै पत्ता लगाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्ने भएको छ। यो प्रणाली तीनवटा सरकारी अस्पतालमा परीक्षण गरिनेछ। यसले मुटुको स्क्यानलाई छिटो विश्लेषण गर्न सक्ने हुँदा बिरामीहरूमा मुटुसम्बन्धी समस्या भए/नभएको चाँडै पत्ता लगाउन सजिलो हुनेछ।

हाल मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्ने गर्छ। तर, यो नयाँ एआई प्रणाली प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्नेछ। वरिष्ठ डाक्टर लोहेन्द्रन बास्करनले मंगलबार सञ्चारकर्मीलाई यसको जानकारी दिएका हुन्।

यो प्रणालीको प्रारम्भिक परीक्षणमा ८५% देखि ९९% सम्म सही नतिजा दिएको थियो। अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर यसको वास्तविक परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ।

'सिंगापुर मुटु घाउ विश्लेषक' नाम दिइएको यो प्रणाली सन् २०२५ को तेस्रो चौमासिक (सेप्टेम्बर-अक्टोबरतिर) बाट प्रयोगमा ल्याइनेछ।

सिंगापुरमा मुटुसम्बन्धी रोग मानिसको ज्यान लिने प्रमुख कारणमध्ये एक हो। सन् २०२२ मा कुल मृत्युमध्ये लगभग ३० प्रतिशत अर्थात् ८,३११ जनाको मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ