नेपाली नागरिकले विदेशी कम्पनीबाट 'स्वेट शेयर' लिन पाउने, नेपाली कम्पनीलाई विदेशमा लगानीको अनुमति
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
580
Shares
काठमाडौं । सरकारले नेपाली नागरिकहरूले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत 'स्वेट शेयर' लिन पाउने कानुनी व्यवस्था गर्ने भएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिए।
अर्थमन्त्री पौडेलले सरकारले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिने बताए।
विदेशमा लगानी गरेका कम्पनीहरूले आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले जानकारी दिए।