arrow

राजावादीको आन्दोलनमा धरपकड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
police-security-82-2-17.jpg

काठमाडौँ । राजावादीहरुको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । शनिबार तेस्रो दिन आक्रोशित युवाको समूह शान्तिबाटिकाबाट निषेधाज्ञा जारी गरेको स्थल दरबारमार्ग जान खोजेपछि प्रहरीले त्रिचन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कम्तीमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

जेठ १५ गतेदेखि शुरु भएको आन्दोलन पहिलो र दोस्रो दिन शान्त शैलीमा भए पनि तेस्रो दिन भने आन्दोलनकारीहरू उक्सिएका छन् । 

यसअघि १४ गते आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका थिए । 

आजै राप्रपाका नेताहरु बालुवाटार गएका छन् । तर उनीहरुले सुरक्षा घेरा तोड्न सकेनन् । सुरक्षा व्यवस्था व्यापक कडा बनाइएको थियो ।

raj (7).jpeg
raj (6).jpeg
raj (5).jpeg
raj (4).jpeg
raj (3).jpg
raj (3).jpeg
raj (2).jpg
raj (2).jpeg
raj (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ