arrow

राजावादीको आन्दोलन: कमल थापासहित केही नेता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
kamal-thapa-pakrau.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही राजावादी नेता तथा कार्यकर्ताहरू आइतबार राजधानीमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका छन्।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएकोमा आज नारायणचौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै बालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्दा थापाले 'भ्रष्ट सरकार मुर्दाबाद', 'प्रहरी दमन मुर्दाबाद' लगायतका नारा लगाएको बताइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई सम्मानपूर्वक रिहा गर्न माग गर्दै, अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने चेतावनी दिएका छन्। 

राजावादी समूहले राजसंस्थाको पुनर्स्थापना, नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्ने र संघीयता खारेज गर्ने जस्ता मागहरू राखेर प्रदर्शन गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ