arrow

सम्झना जेठ १९ को

दिवंगत राजा वीरेन्द्रको सम्झनामा दीप प्रज्ज्वलन, हिमानी र हृदयेन्द्र सहभागी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
birendra-family--82-candle.jpg

काठमाडौँ । राजा वीरेन्द्र शाहको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ । सोमबार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनवयुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला भइ स्व राजा वीरेन्द्रको परिवारको स्मरणमा दीप प्रज्वलन गरेका हुन् । 

उनीहरुले राजा वीरेन्द्रको परिवार सहितको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासमेत अर्पण गरेका छन् । विसं २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारमा राजपरिवारको वंश विनाश गरी हत्या भएको थियो । 

राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । पूर्व युवराज एवं राजा वीरेन्द्रको हत्या भएपछि अचेत अवस्थामै राजा घोषित गरिएका दीपेन्द्रको भने अर्को दिन निधन भएको घोषणा गरिएको थियो । 

जेठ २० गते पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार भएको थियो । उक्त दरबार हत्याकाण्डको रहस्य अझै रहस्यमै छ । 

दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिन र दीप प्रज्ज्वलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेपछि मन्दिर प्रवेशका क्रममा राजावादी समर्थकहरुले नाराबाजी र जयजयकार गरेका थिए ।

कमलादी मन्दिरमा बाक्लो भीड लागेको थियो । भीड मन्छाएर हिमानी र हृदयेन्द्रलाई मन्दिर प्रवेश गराउन स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो ।
 

birendra-memorial-candle-light-2082 (20).jpeg
birendra-memorial-candle-light-2082 (19).jpeg
birendra-memorial-candle-light-2082 (18).jpeg
birendra-memorial-candle-light-2082 (17).jpeg
birendra-memorial-candle-light-2082 (16).jpeg
birendra-memorial-candle-light-2082 (15).jpeg
birendra-memorial-candle-light-2082 (14).jpeg
birendra-memorial-candle-light-2082 (13).jpeg
birendra-memorial-candle-light-2082 (12).jpeg
birendra-memorial-candle-light-2082 (11).jpeg
birendra-memorial-candle-light-2082 (10).jpeg
birendra-memorial-candle-light-2082 (9).jpeg
birendra-memorial-candle-light-2082 (8).jpeg
birendra-memorial-candle-light-2082 (7).jpeg
birendra-memorial-candle-light-2082 (6).jpeg
birendra-memorial-candle-light-2082 (5).jpeg
birendra-memorial-candle-light-2082 (4).jpeg
birendra-memorial-candle-light-2082 (3).jpeg
birendra-memorial-candle-light-2082 (2).jpg
birendra-memorial-candle-light-2082 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ