arrow

विपद्को तयारी

मनसुनजन्य विपद् प्रतिकार्यमा १७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने, सेना पनि तयारीमा [भिडियो]

विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना, २ हजार ३ सय १७ जनाको निधन, ४ सय १९ जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
bipad-pradhikaran.jpg

काठमाडौं । सरकारले यस वर्षको मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि नेपाली सेनाबाहेक १७ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (मंगलबार) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो।

प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछिको राहत र उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताए। उनले नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयार पारेको स्पष्ट पारे। सोहीअनुसारका उपकरणहरू पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ।

केसीले सीमित स्रोतसाधनका कारण विपद् जोखिम न्यूनीकरणमा चाहेर पनि पूर्णरूपमा होमिने अवस्था नहुन सक्ने बताए। विगतका वर्षहरूबाट पाठ सिक्दै सीमित स्रोतसाधनका कारण सुरक्षा निकायले चाहेर पनि उद्धार तथा खोज कार्यमा कठिनाइ भोग्नुपरेको उनले उल्लेख गरे। सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्री र जनशक्तिको अभाव पूर्ति गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

मनसुन प्रतिकार्य कमान्ड पोस्टको कार्य जिम्मेवारी विगतमा स्पष्ट नरहेकाले यस वर्ष कार्य जिम्मेवारी स्पष्ट पारिएको उनले जानकारी दिए। मनसुन प्रतिकार्य कमान्ड पोस्ट केन्द्रमा मात्र नभई प्रदेश, जिल्ला र स्थानीय तहमा पनि रहने व्यवस्था मिलाइएको छ।

प्राधिकरणका अनुसार, विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन्। जसबाट २ हजार ३ सय १७ जनाको निधन भएको छ। त्यस्तै, ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन्।

गत वर्षको मनसुनमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको थियो। २०८० असोज १० देखि १३ गतेसम्मको अवधिमा मात्र २ सय ५० जनाको मृत्यु भएको थियो भने ४५ अर्ब बराबरको क्षति भएको थियो। गत वर्ष (२०८० सालमा) मात्र २ हजार १३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो र ६६ जना बेपत्ता भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ