arrow

जारी आन्दोलन भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि - कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
kamal-thapa-21.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि भएको दाबी गरेका छन्।

राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूद्वारा सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सुशासन र राजसंस्था पुनर्स्थापनाका लागि, सुशासनकै माध्यमबाट आर्थिक समृद्धिको निमित्त जनआन्दोलन भइरहेको बताए। उनले जनआन्दोलनमा देखिएको उत्साह, समर्थन र सहभागिताबाट ‘भ्रष्ट सरकार’ आत्तिएको र विचलित भएको धारणा राखे।

थापाले प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न सरकार बाध्य भएको दाबीसमेत गरे। उनले निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुन्छ भन्ने सोच भ्रम मात्र भएकोले त्यो भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गरे।

थापाले भने, "भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि। सुशासन र राजसंस्था पुनर्स्थापना निमित्त सुशासनको माध्यमबाट आर्थिक समृद्धिको निमित्त भइरहेको यो जनआन्दोलनमा देखिएको जनताको उत्साह, समर्थन र सहभागिताबाट भ्रष्ट सरकार आत्तिएको छ। विचलित भएको छ। त्यही कारणले गर्दा प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न बाध्य भएको छ। निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुन आग्रह गर्न चाहन्छु।"

उनले सरकारले दमन गर्ने दुस्साहस गरेको भन्दै त्यसको घोर भर्त्सना र निन्दा गरे। थापाले आम सञ्चारमाध्यम र मानवअधिकारका साथीहरूलाई आग्रह गर्दै भने, "हामीले त्यो दिन निषेधाज्ञा तोडेका थिएनौं। निषेधित क्षेत्र तोडेका थिएनौं। कानुनको उल्लंघन गरेका थिएनौं। अघिल्लो दिन गरेकै स्थानमा आफूहरूले कार्यक्रम गरेका थियौं। तर यो भ्रष्ट सरकारले प्रतिबन्ध लगाउने दुष्प्रयास गर्‍यो।"

थापाले जनआन्दोलनका क्रममा सरकारले लिएको दमनको नीतिको निन्दा गर्दै आफूहरूले निषेधित क्षेत्र नतोडेको र कानुनको समेत उल्लंघन नगरेको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ