हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा मनसुनजन्य विपद् (बाढी, पहिरो र चट्याङ ) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सञ्चालन गरिएको छ ।
मनसुनजन्य विपद्सँगै हुम्ला जिल्लामा बाढी, पहिरो र चट्याङको जोखिमबाट बच्न तथा यसलाई न्यून गर्न जिल्ला विपद् व्यवस्थापन समिति हुम्लाको आयोजनामा विपद् पूर्व तयारी प्रतिकार्य व्यवस्थापन नमूना अभ्यास सञ्चालन गरिएको हो ।
बिहीबार सिमकोटमा गरिएको नमूना अभ्यासमा बाढी र पहिरोको सम्भावित घटनापछि उद्धार, प्राथमिक उपचार, राहत वितरण तथा सूचना व्यवस्थापनका विषयमा समन्वित अभ्यास गरिएको थियो ।
सुरक्षाकर्मीहरूले घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, प्राथमिक उपचार र राहत वितरणका प्रक्रियाबारे प्रदर्शन गरिएको छ । यस अभ्यासले विपद् व्यवस्थापनमा संलग्न निकायहरूबीचको समन्वय र तयारीलाई सुदृढ बनाउन गरिएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस सोसाइटी, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानियबासीहरूको सक्रिय सहभागिता रहेको थियो ।
विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न बाढी र पहिरोको सम्भावित घटनापछि उद्धार, प्राथमिक उपचार, राहत वितरण तथा सूचना व्यवस्थापनका विषयमा सो अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण पाण्डेयले बताए ।
विपद् प्रतिकार्यका क्रममा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।
यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएको विपद् पूर्व तयारी प्रतिकार्य व्यवस्थापन नमूना अभ्यास कार्यक्रमको समापनमा बोल्दै जिल्लाका सबै स्थानीय तहहरूलाई विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न आह्वान गर्दै वर्षायाममा बाढी, पहिरो र चट्याङको सम्भावना रहेकाले पूर्व तयारी स्वरूप यस्तो अभ्यास आवश्यक रहेको उनले बताए ।
जिल्लामा यस्तो अभ्यासले विपद् व्यवस्थापनमा संलग्न निकायहरूबीचको समन्वय र तयारीलाई सुदृढ बनाउने र विपद् आउनु अघि नै यस्ता तयारी गर्नु आवश्यक रहेको र नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्य टोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्य टोलीलाई नमूना अभ्यास गरिएको हुम्ला सशस्त्र प्रहरी प्रमुख देवराज राईले बताए ।
प्रायः भिरालो जमीन रहको हुम्लाका अधिकांश भू–भागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटीय क्षेत्रहरु बाढीको समस्या बढी हुने भएकाले संयुक्त अभ्यासमूलक अनुशिक्षणका क्रममा सिमकोट ५ तल्लोगाउँको भदालिमा पहिरोको स्वरूप, पहिरो गएपछि परेको जनधनको क्षतिबाट बचाउन गरिने प्रयास, मृतक तथा घाइतेहरूको उद्धार तथा राहत, उपचार प्रणाली, सूचना संकलन तथा अद्यावधिक, समुदाय परिचालन सहितका विषय ‘नाटकीय’ शैलीमा प्रस्तुत गरिएको सप्रनाउ राईले बताए ।
बर्सेनि बाढी र पहिरोबाट यहाँ ठूलो क्षति भएको र मनसुन पूर्णतया सक्रिय हुने समय भएको बेला यस्ता घटनाविरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहन हुम्ला जिल्लामा सम्पन्न गरिएको यो नमूना अभ्यासले मनसुनजन्य विपद् व्यवस्थापनमा स्थानीय तहहरू, सुरक्षा निकायहरू र समुदायबीचको समन्वयलाई सुदृढ बनाउने अपेक्षासहित यसले भविष्यमा हुने सम्भावित मनसुनजन्य विपदबाट बच्न सहयोग पुर्याउने छ विश्वास लिएको छ ।