मोदीलाई क्यानाडाले दियो जी सेभेन शिखर सम्मेलनको निम्तो
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
1.6k
Shares
नयाँदिल्ली । क्यानाडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जी देशहरूको शिखर सम्मेलनमा भाग लिन निम्तो दिएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले प्रधानमन्त्री मोदीलाई फोन गरेर शिखर सम्मेलनमा निम्तो दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेर यो जानकारी दिएका छन् ।
मोदीले निमन्त्रणाको लागि कार्नीलाई धन्यवाद दिए र क्यानाडाको चुनाव जितेकोमा बधाई पनि दिए । उनले शिखर सम्मेलनमा कार्नीलाई भेट्न उत्सुकतापूर्वक पर्खिरहेको पनि बताए ।
यो शिखर सम्मेलन १५ देखि १७ जुनसम्म क्यानाडाको अल्बर्टा प्रान्तको कानानास्किसमा आयोजना हुनेछ । शिखर सम्मेलन शुरु हुनुभन्दा ८ दिन अघि भारतले यो निमन्त्रणा प्राप्त गरेको छ।
धेरै मिडिया रिपोर्टहरूमा भनिएको थियो कि क्यानाडाले यो शिखर सम्मेलनमा भारतलाई निम्तो गरिरहेको छैन । यसको पछाडिको कारण केही समयदेखि दुई देशबीचको सम्बन्धमा आएको तिक्ततालाई मानिएको थियो । भारत २०१९ देखि अतिथिको रूपमा यस शिखर सम्मेलनमा भाग लिइरहेको छ ।