arrow

नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्छ - शेखर कोइराला [भिडियो]

सत्ताको चाबी वामपन्थीसँग छ, त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्‍यो नि त 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
shekhar-koirala-24.jpg

भक्तपुर । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देश अफ्ठ्यारो परिस्थितिमा गइरहेकाले नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे। उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे।

सांसद कोइरालाले वर्तमान अवस्थामा नेपाली कांग्रेस सरकारमा रहे पनि सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोस्नुपर्ने बताए। उनले कांग्रेसको भविष्यको प्रतिस्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्नेमा जोड दिए।

"अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ," कोइरालाले भने, "नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन। उग्रवामपन्थीको त कुरै भएन। कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ। त्यो बुझौँ। त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ।"

उनले सरकार र सत्ता फरक कुरा भएको भन्दै आफ्नो पार्टी सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीसँग रहेको दोहोर्‍याए। "त्यसलाई कसरी हामीले खोल्ने? चाबी खोल्नुपर्‍यो नि त," उनले प्रश्न गरे। कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्ने बताए।

सांसद कोइरालाले कतार, दुबईलगायतका देशहरू बनाउन सक्ने नेपालीहरूले नेपाल बनाउन नसक्ने भन्ने नहुने भन्दै नेपाललाई नेपाल बनाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ