कुमारी बैङ्क र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
520
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र गुर्जुधारा, काठमाडौँ स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्यााङ्गले सवारी चालक अनुमत पत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैङ्कका ग्राहकहरूलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ।
विगत २४ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको छ। बैङ्कले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैङ्किङ सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।