arrow

नरेन्द्र मोदीलाई साइप्रसको सर्वोच्च सम्मान, हालसम्म २३ देशबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
modi-cyprus-supreme-honoure.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी सम्मानित हुने भारतीय प्रधानमन्त्रीमध्ये पर्छन् । उनलाई २३ देशले सर्वोच्च सम्मान दिइसकेका छन् । पछिल्लो पटक सोमबार उनलाई साइप्रसले सम्मान गर्यो । 

मोदी साइप्रसको सर्वोच्च सम्मान ‘ग्रान्ड क्रस अफ द अर्डर अफ मकारियोस’ ले सम्मानित भएका हुन् । राष्ट्रपति निकोस क्रिस्टोडौलिड्सले राष्ट्रपति भवनमा उनलाई यो सम्मान प्रदान गरे। मोदी दुई दिने भ्रमणमा साइप्रस पुगेका थिए ।

मोदीलाई सन् २०१६ मा साउदी अरेबिया र अफगानिस्तानले, सन् २०१८ मा प्यालेस्टाइन, सन् २०१९ मा माल्दिभ्स, यूएई र बहराइनले, सन् २०२० मा अमेरिकाले, सन् २०२३ मा फिजी, पलाउ, पपुवा न्यूगिनी, इजिप्ट, ग्रीस र फ्रान्सले, सन् २०२४ मा भुटान, रुस, नाइजेरिया, डोमिनिका, गुयना, बारबाडोस र कुवेतले देशको सर्वोच्च सम्मान दिएका थिए । 

साइप्रसबाट सम्मान पाएपछि मोदीले भने, ‘म साइप्रस सरकार र साइप्रसका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यो नरेन्द्र मोदीको लागि मात्र सम्मान होइन, १४० करोड भारतीयहरूको लागि सम्मान हो। यो उनीहरूको क्षमता र आकांक्षाको लागि सम्मान हो। यो हाम्रो संस्कृति, भ्रातृत्व र वसुधैव कुटुम्बकमको विचारधाराको लागि सम्मान हो।’

यसअघि राष्ट्रपति भवनमा मोदीलाई स्वागत गरिएको थियो। यसपछि दुवै देशका राष्ट्रप्रमुखहरूबीच भेटवार्ता भएको थियो । मोदी आइतबार साइप्रस पुगेका थिए । त्यहाँबाट मोदी जी७ शिखर सम्मेलनमा भाग लिन क्यानाडा गएका थिए । 

मोदीले राष्ट्रपति क्रिस्टोडौलिड्सलाई कश्मीरी रेशमी कार्पेट प्रस्तुत गरे । यो गाढा रातो रंगमा छ, खैरो र रातो किनाराहरू सहित। परम्परागत लता र ज्यामितीय आकारहरूको कलाकृति छ । यसमा दोहोरो रंगको विशेष प्रभाव छ, जुन हेर्ने कोण र प्रकाश अनुसार रंग परिवर्तन हुने देखिन्छ। मानौं एउटा कार्पेटमा दुई फरक डिजाइनहरू छन् ।

प्रधानमन्त्रीले साइप्रसकी प्रथम महिला फिलिपा कार्सेरालाई चाँदीको लेपित पर्स दिए । यो आन्ध्र प्रदेशका कारीगरहरूले बनाएका हुन्। यसमा मन्दिर र शाही कलाबाट प्रेरित राम्रा पुष्प डिजाइनहरू कुँदिएका छन्।

राष्ट्रपति निकोसले भने, ‘आतंकवादको विरुद्धमा साइप्रस भारतको साथमा उभिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ