arrow

दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बा २५ हजार धरौटीमा रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
shambhu-shrestha-82-3-12.jpg

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा दृष्टि मिडिया प्रालिका सञ्चालक एवं अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बा (मानप्रसाद लिम्बू) लाई जनही २५ हजार रुपैयाँ धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ । 

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि जनही २५ हजार धरौटीमा छोड्न आदेश दिएको हो । 

सो आदेशसँगै दुवै जना धरौटी रकम बुझाएर छुटेका छन् । 

दृष्टि मिडियाका तर्फबाट कानून व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका थिए । वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतम सहितका अधिवक्ताले बहस गरेका थिए । 

त्यस्तै अदालतको सहयोगको रुपमा (एमिकस क्युरी) नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र स्वयं (सुओ मोटो) उपस्थित भइ बहस गरेका थिए । 

दुवैले धरौटी बुझाउन नसकेको अदालतको नियमानुसार थुनामा राख्नसमेत अदालतले आदेश दिएको थियो । 

अदालतले साक्षी बकपत्रका लागि असार १५ गतेको समय तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ