arrow

नरेन्द्र मोदीलाई घानाको सर्वोच्च सम्मान प्रदान 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
modi-ghana-honoured.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार घानाको सर्वोच्च सम्मान ‘द अफिसर अफ द स्टार अफ घाना’ प्रदान गरिएको छ । मोदी सबैभन्दा बढी सम्मानित हुने भारतीय प्रधाानमन्त्रीमा पर्छन् । 

उनलाई २४ देशले सर्वोच्च सम्मान दिइसकेका छन् । उक्त सर्वोच्च सम्मान पाएपछि मोदीले भने, ‘घानाबाट सम्मानित हुनु मेरो लागि गर्वको कुरा हो ।’ यसअघि उनले घानाका राष्ट्रपति जोन महामासँग संयुक्त विज्ञप्ति जारी गरे । मोदीलेले भारत र घानाले आतंकवादलाई मानवताको शत्रु मान्ने र यसविरुद्ध मिलेर काम गर्ने बताए ।

मोदीले भने कि यो युद्धको समय होइन तर समस्याहरू संवाद र कूटनीति मार्फत समाधान गर्नुपर्छ। संयुक्त राष्ट्र संघमा सुधारमा दुवै देश एकमत भएका छन् । यसका साथै दुवैले पश्चिम एसिया र युरोपमा चलिरहेको द्वन्द्वमा चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले भने, ‘भारत र घाना बीचको व्यापार २५ हजार करोड रुपैयाँ नाघेको छ र आगामी ५ वर्षमा यसलाई दोब्बर गर्ने लक्ष्य राखिएको छ।’ उनले घानाका राष्ट्रपति जोन महामालाई भारत भ्रमणको निम्तो दिएका छन् ।

मोदीको स्वागतमा २१ तोपको सलामी दिइएको थियो । भारतले घानालाई कोभिडका बेलामा ६ लाख कोभिड भ्याक्सिन दिएको थियो । बेलायतबाट स्वतन्त्रता पाउने पहिलो दक्षिण अफ्रिकी मुलुक घाटा भारतभन्दा ८ हजार ६६६ किलोमिटर टाढा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ