arrow

प्रधानमन्त्री मोदी अर्जेन्टिनामा, राष्ट्रपति हेयिभरले हाले अँगालो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
modi-javier.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्जेन्टिना भ्रमणमा गएका छन् । शनिबार मोदीले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलाईलाई भेटे। राष्ट्रपति जेभियरले प्रधानमन्त्री मोदीलाई अँगालो हालेर स्वागत गरे । 

दुवै नेताले ब्यूनस आयर्समा प्रतिनिधिमण्डल स्तरमा वार्ता गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदी र जेभियरले आवश्यक खनिज, व्यापार–लगानी, ऊर्जा, कृषि लगायत धेरै क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने बारेमा छलफल गरेका छन्। 

दुवै देशमा लिथियम आपूर्तिको बारेमा पनि छलफल भएको छ । अर्जेन्टिनामा विश्वको तेस्रो ठूलो लिथियम भण्डार छ ।

यसअघि प्रधानमन्त्री मोदीले अर्जेन्टिनाका राष्ट्रिय नायक र स्वतन्त्रता सेनानी जनरल जोस डे सान मार्टिनलाई उनको स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। 

दक्षिण अमेरिकी देशहरूअर्जेन्टिना, चिली र पेरुलाई स्वतन्त्रता दिने सान मार्टिनलाई मुक्तिदाता पनि भनिन्छ ।

प्रधानमन्त्री बनेपछि मोदीको दोस्रो अर्जेन्टिना भ्रमण हो । शनिबार बिहान दुई दिने भ्रमणमा उनी अर्जेन्टिना पुगेका हुन् ।  

होटल पुगेपछि भारतीय समुदायका मानिसहरूले उनलाई स्वागत गरेका थिए । यसअघि उनी २०१८ मा जी २० शिखर सम्मेलनमा भाग लिन अर्जेन्टिना गएका थिए ।

मोदी जुलाई २ देखि १० सम्म ५ देशको भ्रमणमा छन् । घाना र त्रिनिनाड एन्ड टोबागोपछि उनी अर्जेन्टिना पुगेका हुन् । मोदीले त्यहाँ भारतीय मूलका मानिसहरूलाई पनि सम्बोधन गरेका छन् । मोदी अर्जेन्टिनाबाट अर्को गन्तव्य ब्रजिल लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ