मोदी ब्रजिलको राजकीय भ्रमणमा, राष्ट्रपति लुलाले गरे स्वागत
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
1.5k
Shares
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रजिलको राजकीय भ्रमणमा रहेका छन् । उनी मंगलबार राजधानी ब्रजिलियाको अल्भोराडा दरबार (राष्ट्रपति निवास) पुगेका थिए ।
राष्ट्रपति लुला दा सिल्भाले उनलाई स्वागत गरे । प्रधानमन्त्री मोदी दरबारमा आइपुग्दा भारतीय शास्त्रीय संगीत प्रस्तुत गरिएको थियो।
प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एकअर्कालाई अँगालो हाले । औपचारिक स्वागतको क्रममा अल्भोराडा दरबारमा भारत र ब्रजिलको राष्ट्रिय गान बजाइएको थियो ।