arrow

खुकुरी प्रहारबाट ठकुरी गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
khukuri-hamrakura.jpg

पोखरा । तनहुँमा एक युवकले खुकुरी प्रहार गर्दा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा व्यास नगरपालिका वडा नं १ भादगाउँका ५६ बर्षीय सिद्धबहादुर ठकुरी छन् ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिए । 

ठकुरीमाथि खुकुरी प्रहार गर्ने सोही ठाउँका १९ बर्षीय विशाल मल्ल ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार दुई जनाबीच झगडा हुँदा विशालले सिद्धबहादुर माथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सिद्धबहादुरको हातसहित शरीरका अन्य भागमा चोट लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ