arrow

भारत र इङ्गल्याण्डबीचको तेस्रो टेष्टमा इङ्गल्याण्ड संयमित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
test-eng-ind-25-7-10.jpg

काठमाडौँ । भारत र इङ्गल्याण्डबीचको तेस्रो टेष्ट क्रिकेट लण्डनमा शुरु भएको छ । खेलमा टस जितेर इङ्गल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । 

संयमित ब्याटिङ गरिरहेको इङ्गल्याण्डले पहिलो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा २५१ रन बनाएको छ । १७२ रन जोड्दा ४ विकेट गुमाइसकेको इङ्गल्याण्डका लाग जो रुट र कप्तान बेन स्टोकले राम्रो साझेदारी गरेका छन् । 

शुक्रबार दोस्रो दिन रुट ९९ रनबाट अगाडि खेल्नेछन् । त्यस्तै कप्तान स्टोकले ३९ रनबाट साथ दिनेछन् । 

यो आंकडाले भने इङ्गल्याण्ड फराकिलो योगफलतर्फ अगाडि बढ्दैछन् भन्ने बुझ्न सकिन्छ । 

भारतका लागि नितिशकुमार रेड्डीले एकै ओभरमा दुई विकेट लिए पनि टिमलाई रोक्न भने सकेका छैनन् । जसप्रित बुमराह र रविन्द्र जडेजाले १–१ विकेट लिए । 

यसअघिका खेलमा १–१ को बराबरी भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ