रसुवागढी क्षेत्रमा विद्युत आपूर्ति पूर्ण रुपमा बन्द [फोटोफिचर]
प्रकाशचन्द्र तिमिल्सेना,
प्रकाशित २०८२ असार २७ शुक्रबार
629
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
रसुवा । नेपाल चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ ।
बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्सलगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताए ।
रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका हुन् ।