काठमाडौँ । नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले सरकारलाई अर्को वर्ष जापानमा हुने एसियाली खेलकुदको प्रभावकारी सहभागीताका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै रायमाझीले नेपालको राष्ट्रिय गौरवलाई थप उचाइमा पुर्याउन सरकारले तुरुन्त कदम चाल्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
विज्ञप्तिमा नेपाली क्रिकेट खेलाडीहरुको अथक परिश्रमबाट प्राप्त गौरवको सफलतालाई नेपाली कांग्रेस खेलकुद विभागले हार्दिक सम्मान गर्दै यसको दिगो विकास र विस्तारमा अझ बढी प्राथमिकता दिन पनि आग्रह गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा क्रिकेटको विकासमा एनपीएल प्रतियोगिता एउटा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेकोसमेत उल्लेख छ । त्यस्तै नेपाल ओलम्पिक कमिटीको व्यवस्थापन अदालतको आदेशअनुसार नै हुनुपर्नेमा समेत कांग्रेसले जोड दिएको छ ।