तनहुँमा नौ किलोमिटर सडक कालोपत्रे, पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बन्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
628
Shares
दमौली (तनहुँ। तनहुँको व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्रे गरिएको छ। कच्ची रहेको यो सडकलाई स्तरोन्नति गरिएको हो, जसलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य राखिएको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार, सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सकिएको छ। कार्यालयले यो सडक स्तरोन्नतिको लागि रु ३६ करोड ६२ लाख ९१ हजारमा सम्झौता गरेको थियो।
रानीटारीबाट घुम्तीसम्मको कुल दूरी ९.२ किलोमिटर रहेकोमा, त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्रे गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ।