arrow

सर्लाहीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
current-death.jpg

मलङ्गवा (सर्लाही)।लालबन्दी नगरपालिका–१ स्थित न्यु माँ राजदेवी खाद्य उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार, रौतहटबाट धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा यो दुर्घटना भएको हो। दुर्घटनामा रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको छ। उनी ट्रकका सहचालक थिए।

एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका पासवानको हरिवनस्थित नमूना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि गम्भीर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ