समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
421
Shares
काठमाडौं ।रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र जनचेतना जगाउने कवि तथा साहित्यकारहरू राष्ट्रका मेरुदण्ड भएका बताएका छन् ।
कवि उमेश राईले लेखेको कवि उमेश अकिञ्चनकृत कविता कृति, सायद किनारा लोकार्पण समारोहमा उनले कविताका मध्यमद्वारा समाजमा सकारात्मक चेतना फैलाउने कविहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गरे ।
मन्त्री राईले भने,“कविहरूले समाज परिवर्तनमा उल्लेख्य योगदान गर्नुभएको छ, समाजलाई शान्त बनाउने, सकारात्मक चेतना फैलाउनुका साथै कविताले देश र समाज चिनाउने गरेको छ, यसैले कवि एवं साहित्यकार समाजका ऐना पनि हुन्, उहाँहरूको योगदानको सम्मान गर्न आवश्यक छ ।”
कविता, कथा वा अन्य कुनै पनि साहित्यिक विधा मनोरञ्जनको साधन मात्र नभई चेतना र सन्देशको संयोजन गर्ने माध्यम भएको भन्दै उनले यस्ता सिर्जना र सर्जकलाई संस्थागत प्रोत्साहन आवश्यक रहेकामा जोड दिए ।
कवि श्रवण मुकारुङले लोकार्पित कृतिमा रहेका कवितामा जीवन, समाज, प्रेम र सङ्घर्षका गहिरा पक्ष समेटिएका बताए ।
कवि विमला तुम्खेवालगायतले राईका कृति र कृतित्वबारे चर्चा गरे ।