arrow

उत्तरी भारतमा भारी वर्षा जारी, १८ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
flood-india-24-6-29.jpeg

काठमाडौँ ।भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनदेखि भइरहेको वर्षासँग सम्बन्धित घटनाहरूमा परी १८ जनाको मृत्यु भएको छ। उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन सक्रिय रहँदा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ।

अत्याधिक वर्षाका कारण नदी, नाला र बाँधहरू भरिएपछि धेरै गाउँहरू सम्पर्कविहीन भएका छन्। बुन्दी जिल्लाको नैनवा क्षेत्रमा सबैभन्दा बढी २३४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

भारत मौसम विज्ञान विभागले आगामी केही दिन उत्तरी पहाडी राज्यहरू उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको छ। यसले ती क्षेत्रमा थप बाढी र पहिरोको जोखिम बढाउन सक्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ