arrow

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या २३ लाख नाघ्यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
samajik-surakchaya-kosh.jpg

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। कोषले बुधबार पत्रकार सम्मेलन गरी जनाएअनुसार, हालसम्म २३ लाख ७४ हजार ४८६ जना श्रमिकहरू कोषमा सूचीकृत भएका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिकहरू थपिएका छन्।

कोषका प्रवक्ता कृष्णप्रसाद अधिकारीका अनुसार, हालसम्म २० हजार ९५१ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध भएका छन्। गत आर्थिक वर्षमा २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएकोमा कुल रकम ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। कोषले विभिन्न सुरक्षा योजनाहरूअन्तर्गत हालसम्म १५ अर्ब ७५ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ, जसबाट १ लाख १० हजार ६९६ जनाले औषधि उपचार र ५ हजार ९३३ जनाले दुर्घटना तथा अशक्ततासम्बन्धी सुविधा पाएका छन्।

कोषले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन १०७ स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी स्वचालित सेवा प्रणाली जडान गरेको छ। अब स्वास्थ्य सेवाको पहुँच योगदानकर्ताका परिवारमा समेत विस्तार भएको छ। अधिकारीका अनुसार, अस्पतालमा भर्ना भएर गरिने उपचारमा १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको छ। कोषले आगामी चार वर्षभित्र कोषमा आबद्ध श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य सेवा राज्यले नै लिने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ