arrow

अपरेसन महादेव: पहलगाम आक्रमणका मास्टरमाइन्ड सहित ३ आतङ्ककारी मारिए

logo
रासस,
प्रकाशित २०८२ साउन १२ सोमबार
lte-trf-terrorist-pak.jpg
तस्बिर : फाइल

नयाँ दिल्ली। ठूलो सफलता हासिल गर्दै सेनाको एलिट प्यारा कमान्डोले सोमबार जम्मू कश्मीरको श्रीनगरको बाहिरी इलाकामा भएको भिडन्तमा तीन आतङ्ककारीहरूलाई गोली हानी मारेको छ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ कि आतङ्ककारीहरूमध्ये एक सुलेमान उर्फ आसिफ हुन। जसलाई अप्रिल २२ मा पहलगाम आक्रमणको मास्टरमाइन्ड मानिन्छ। सुरक्षा बलहरूले 'अपरेसन महादेव' नामकको कारबाही सुरु गरेपछि समूह मारिएको थियो।

अन्य दुई आतङ्ककारीहरूको पहिचान जिब्रान र हमजा अफगानीको रूपमा गरिएको छ। जिब्रान अक्टोबर २०२० मा सोनमर्ग सुरुङ आक्रमणमा संलग्न रहेको बताइएको छ।

भिडन्त स्थलबाट एक एम४ कार्बाइन राइफल, दुई एके४७ राइफल र अन्य हतियारहरू बरामद गरिएको छ।

गुप्तचर सूचनाहरूले क्षेत्रमा आतङ्ककारीहरूको अर्को समूहको उपस्थिति रहेको सुझाव दिएपछि थप सुरक्षा बलहरू पनि तैनाथ गरिएको छ।

मारिएका आतङ्ककारी हरूको शव स्थानीय प्रहरीलाई बुझाइएको छ। जसले मानक सञ्चालन प्रक्रिया अनुसार पहिचान प्रक्रिया, कानुनी औपचारिकता र अन्तिम संस्कारमा मद्दत गरेको थियो। प्रहरी महानिरीक्षक (कश्मीर क्षेत्र) वीके बर्दीले अपरेसन महादेवलाई 'लामो अपरेसन' को रूपमा वर्णन गरे।

यसअघि, श्रीनगरस्थित चिनार कोर्प्सले एक्समा एक पोस्टमा आतङ्कवाद विरोधी अपरेसनमा तीन आतङ्ककारी मारिएको बताएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ