arrow

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
ECOSOC.jpg

काठमाडौँ। नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् को अध्यक्षमा निर्वाचित भएको छ। बिहीबार परिषद्मा निर्वाचित भएसँगै नेपालले आफ्नो कार्यभार पनि सम्हालेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालको यो निर्वाचनलाई नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि 'ऐतिहासिक क्षण' भएको बताएका छन्।

उनले अध्यक्षका रूपमा नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। यसका लागि हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ बनाउनेतर्फ आफू क्रियाशील रहने उनले बताए।

राजदूत थापाले भने, "बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने, जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु।"

आगामी वर्षका लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया परिषद्को उपाध्यक्षमा निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ