arrow

बुटवल-नारायणगढ सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
daunne-jam-82-1-9.jpg

नवलपरासी । बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।  

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमबार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १ः०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । 

एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।  

सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र चालक बीच बाटोमै अलपत्र परेका छन् । बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ