arrow

रहेनन् जम्मू कश्मीरका पूर्व राज्यपाल मलिक, उनको कार्यकालमा आजकै दिन हटाइएको थियो धारा ३७० 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
satyapal-malik-jammu-kashmi.jpg

नयाँदिल्ली । भारतको जम्मू कश्मीरका पूर्व राज्यपाल सत्यपाल मलिकको निधन भएको छ । लामो समयदेखि बिरामी परेपछि मंगलबार दिल्लीको राम मनोहर लोहिया अस्पतालमा दिउँसो निधन भएको हो । 

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । ७९ वर्षीय सत्यपाल मलिक मे ११ देखि दिल्लीको राम मनोहर लोहिया अस्पतालमा भर्ना थिए । उनी जम्मू कश्मीर, गोवा र मेघालयका गभर्नर थिए ।

सत्यपाल २३ अगस्ट २०१८ देखि ३० अक्टोबर २०१९ सम्म जम्मू कश्मीरका राज्यपाल थिए । उनको कार्यकालमा आजकै दिन ५ अगस्ट २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाइएको थियो ।

सत्यपालको जन्म २४ जुलाई १९४६ मा भएको थियो । उनी २०१८ देखि २०१९ सम्म जम्मू कश्मीरका १० औँ र अन्तिम राज्यपाल थिए । उनले गोवा र मेघालयका राज्यपालको रूपमा पनि काम गरे । 

उनी १९७४-७७ मा उत्तर प्रदेश विधान सभाका सदस्य थिए । उनी १९८०-८६ र १९८६-८९ मा राज्यसभाका सदस्य र १९८९-९१ मा नवौँ लोकसभाका सदस्य थिए । उनी बिहारका राज्यपाल पनि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ