arrow

प्रहरीलाई एनएमबी बैंकले दियो मनसुन केन्द्रित उद्दार सामग्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
nmb-police-csr-82-4-20.jpg

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले नेपाल प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण गरेको छ । मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै, एनएमबी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत एउटा १६ फिटको सेल्फ-बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई दिएको हो । 

मंगलबार काठमाडौँको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् ।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

एनएमबी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आइरहेको छ। यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको जनाएको छ ।

एनएमबी बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ