arrow

इन्टेलका प्रमुखले तत्काल राजीनामा दिनुपर्ने ट्रम्पको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
Intel.png

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुख लिप–बु टानले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा यो कुरा लेखेका हुन्।

ट्रम्पको यो माग सिनेटर टम कटनले इन्टेललाई पत्र लेखेर टानको चिनियाँ कम्पनीहरूसँगको सम्बन्धबारे प्रश्न उठाएको एक दिनपछि आएको हो।

सिनेटर कटनले आफ्नो पत्रमा टानको दर्जनौँ चिनियाँ कम्पनीहरूमाथि नियन्त्रण रहेको र सयौँ चिनियाँ चिप फर्महरूमा हिस्सेदारी रहेको बताएका छन्। उनले तीमध्ये कम्तीमा आठवटा कम्पनीको चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध रहेको पनि दाबी गरेका छन्।

यसका साथै, कटनले ‘क्याडेन्स डिजाइन सिस्टम्स’को प्रमुख हुँदा टानले ‘चिनियाँ सैन्य विश्वविद्यालयलाई अवैध रूपमा आफ्ना उत्पादन बेचेको र लाइसेन्सविना प्रविधि हस्तान्तरण गरेको’ आरोप पनि लगाएका छन्।

मलेसियामा जन्मेका टानले इन्टेलको नेतृत्व गत मार्चमा सम्हालेका थिए। ह्वाइट हाउसको शुल्क र निर्यात प्रतिबन्धले बजार अस्तव्यस्त बनेपछि उनी यो जिम्मेवारीमा आएका हुन्। इन्टेलले टीएसएमसी र सामसुङजस्ता एसियाली कम्पनीहरूसँग कडा प्रतिस्पर्धा गरिरहेको छ र एनभिडियाको उदयसँगै एआई चिप बजारमा पछि परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ