arrow

नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
gundruk-sinki.jpg

डुम्रे (तनहुँ) । तनहुँको भानु नगरपालिकाले स्थानीय उत्पादन गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ। ‘भानु गुन्द्रुक’ नामक ब्राण्ड बनाएर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने नगरपालिकाको लक्ष्य छ।

नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार, ‘कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग’ परियोजनाअन्तर्गत यो योजना अघि बढाइएको हो। इलामको रोङ गाउँपालिकाको अध्ययन भ्रमणबाट प्रेरित भएर भानु नगरपालिकाले स्थानीय उत्पादनलाई नयाँ ढंगले बजारीकरण गर्ने नीति बनाएको हो।

यस योजनाअनुसार, गुन्द्रुकको उत्पादन, प्रशोधन, र बजारीकरणमा आधुनिक प्रविधि र व्यवस्थापन प्रणालीको प्रयोग गरिनेछ। यसमा स्थानीय किसान समूहको क्षमता अभिवृद्धि, उत्पादनको गुणस्तरमा एकरूपता, प्याकेजिङ र लेबलिङमा सुधार, र ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने कुराहरू समावेश छन्।

उत्पादनलाई ट्र्याकिङ गर्न, अनलाइन बिक्री बढाउन, डिजिटल मार्केटिङ गर्न र क्यूआर कोड मार्फत स्रोत पहिचान गर्न पनि उपायहरू अपनाइनेछ। नगर प्रमुख त्रिपाठीले किसानको आम्दानी बढाउँदै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ