arrow

पहिरोले इलामको केचना–कञ्चनजङ्घा सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
ilam-road.jpg

इलाम। लगातारको वर्षाका कारण गएराति खसेको पहिरोले इलामको केचना–कञ्चनजङ्घा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–११ स्थित घोर्लेभिरमा पहिरो खसेपछि यो सडक बन्द भएको हो।

सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने बाटो पनि रोकिएको छ। जसले गर्दा सवारी साधनहरू मेची राजमार्गबाट यात्रा गर्न बाध्य भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार, अहिले प्रहरी, सडक डिभिजन कार्यालय, यातायात व्यवसायी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ