arrow

इलामको कन्याममा सबैभन्दा बढी वर्षा, मनसुन थप सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
kanyam-ilam-chiyabari.jpeg

काठमाडौँ। मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा इलामको कन्याममा सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, बुधबार साँझसम्म कन्याममा १४६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

विभागका अनुसार, इलामबाहेक झापाको बाहुनडाँगीमा १३५ मि.मि., झापाको अनारमनीमा १२५ मि.मि., सुनसरीको चतरामा ११२ मि.मि., र उदयपुरको गाईघाटमा ११४.४ मि.मि. वर्षा भएको छ।

पछिल्लो २४ घण्टामा कास्कीमा १२४ मि.मि. र सिन्धुपाल्चोकको गोब्रेमा १०८ मि.मि. वर्षा भएको विभागले जनाएको छ। यी क्षेत्रमा धेरै भारी वर्षा भएको हो। विभागका अनुसार, अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मि.मि. सम्म र ५० भन्दा बढी केन्द्रमा ५० देखि ६० मि.मि. सम्म वर्षा भएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन सक्रिय रहेकाले आगामी २४ घण्टामा नेपालको पश्चिमी भूभागमा बढी सक्रिय रहने बताएका छन्। हाल देशभर पूर्ण बदली रहेको छ र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ