प्रधानमन्त्रीका रूपमा लालकिल्लाबाट १२ औँ पटक राष्ट्रिय झण्डा फहराउँदै मोदी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
1.3k
Shares
नयाँदिल्ली । भारतले शुक्रबार ७९ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लामा राष्ट्रिय झण्डा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन् ।
यस पटकको विषयवस्तु ‘नयाँ भारत’ हो । मोदीले दिल्लीको लालकिल्लाको पर्खालबाट लगातार १२ औं पटक राष्ट्रलाई सम्बोधन गर्नेछन् । आफ्नो सम्बोधन मार्फत प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई भारतको दृष्टिकोण प्रस्तुत गर्नेछन् । साथै सम्पूर्ण सम्बोधन सेनाको वीरतामा समर्पित हुनेछ।
यस वर्ष, पहिलो पटक ११ अग्निवीरहरूले राष्ट्रिय गान बजाउने ब्यान्डमा भाग लिनेछन् । साथै निमन्त्रणा कार्डमा अपरेशन सिन्दूरको लोगो र चेनाब पुलको वाटरमार्क रहेको छ जसले नयाँ भारतको उदयलाई देखाउँछ ।
मोदीले स्वतन्त्रता दिवसमा लगातार १२ औँ पटक लाल किल्लामा राष्ट्रिय झण्डा फहराउने छन् । उनी त्यसो गर्ने तेस्रो प्रधानमन्त्री हुन् । उनीभन्दा पहिले पण्डित जवाहरलाल नेहरूले १७ पटक र इन्दिरा गान्धीले १६ पटक लाल किल्लाबाट झण्डा फहराएका थिए ।