सभामुखद्वारा भदौ महिनाको संसद कार्यतालिकाबारे प्रमुख सचेतकहरुसँग छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
860
Shares
तस्बिर फाइल
काठमाडौँ। सभामुख देवराज घिमिरेले भदौ महिनाको संसदको कार्यतालिकाबारे प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
शुक्रबार सिंहदरबारमा भएको छलफलमा संसदको आगामी बैठक सञ्चालन र कार्यतालिकालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा कुराकानी भएको हो।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाली महिलाहरूको चाड तीज लाई ध्यानमा राखेर कार्यतालिका बनाउन आफूले सुझाव दिएको बताए।
उनले सभामुखले भदौ १ गतेदेखि १५ गतेसम्मको कार्यतालिकाका लागि गृहकार्य गरेको जानकारी दिए। प्रतिनिधिसभाको अर्को बैठक भदौ ४ गते बस्नेछ।