arrow

‘नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा शक्तिशाली बन्यो’ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
ghanashayam-bhusal-04.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिले नेपालको राजनीतिमा ‘नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद’ भन्ने नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रूपमा उदाएको बताएका छन्।

बुधबार काठमाडौंमा स्वर्गीय प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो नाराले देशलाई कुनै नयाँ गन्तव्यमा पुर्‍याउन नसक्ने दाबी गरे। भुसालले ‘पुराना’ भनिने नेताहरू पनि ‘रैथाने भ्रष्ट जिन्दावाद, खानदानी भ्रष्ट जिन्दावाद’ भन्ने अवस्थामा पुगेको बताए। उनले अहिले देशमा तर्क हराएको र राजनीतिमा तर्कको अभाव देखिएको टिप्पणी गरे।

“आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद,” उनले भने, “सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दावाद हो। हामी पुरानाहरू रैथाने भ्रष्ट जिन्दावाद भन्न खोजेको हो कि? हामी पुराना हौँ। खानदानी भ्रष्ट जिन्दावाद भन्नुपर्ने जस्तो अर्को तर्क हरायो। मुलुकमा तर्क छैन।”

महासचिव भुसालले नेताहरू नैतिक बलका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ