पशुपतिका भक्तजनलाई शीतल बनाउन कृत्रिम वाटर ड्रपलेट [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
729
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । तीजको दिन अरू वर्ष जस्तै यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ । श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन् ।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ ।
मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो । अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिएअरु बेला पनि प्रयोग गरिने बताइएको छ ।
विगतमा तिजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो ।