उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
628
Shares
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौंको माइतीघर मण्डलामा चलिरहेको उखु किसानको आन्दोलनप्रति समर्थन जनाएका छन्। उनले किसानका मागहरू जायज रहेको भन्दै सरकारले उनीहरूमाथि अन्याय र ठगी गरेको आरोप लगाए।
भट्टराईले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने सहमति भएकोमा सरकारले एकपक्षीय रूपमा त्यसलाई घटाएर ३५ रुपैयाँमा झारेको र त्यो समेत समयमा नदिएको भन्दै आलोचना गरे। उनले आन्दोलनरत किसानहरूलाई आफ्नो जायज मागका लागि एकजुट भएर अडिग रहन आग्रह गरे।
मधेस प्रदेशसहित देशभरका उखु किसानहरूले आर्थिक वर्ष २०८१/८२ को अनुदान रकम र बक्यौता भुक्तानीको माग गर्दै आन्दोलन गर्दै आएका छन्।