arrow

विश्वको दृष्टिमात्र हैन भारतमाथि विश्वास पनि छ : मोदी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
modi-25-8-29p.jpg

टोकियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको दृष्टि भारतमा भएकोमात्र नभइ भारतमाथि विश्वास पनि रहेको दाबी गरेका छन् । जापान भ्रमणमा रहेका मोदीले टोकियोमा भारत-जापान संयुक्त आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्दै उक्त दाबी गरेका हुन् । 

आफ्नो भाषणमा मोदीले भारतलाई लगानीको लागि उत्तम देशको रूपमा वर्णन गरे। उनले भने, 'विश्वको नजर मात्र होइन, भारतमाथि पनि विश्वास छ।'

मोदीले अगाडि भने, 'जापान प्रविधिमा एक पावरहाउस हो, जबकि भारत प्रतिभाको पावरहाउस हो । प्रविधि र प्रतिभाले मात्र नेतृत्व गर्न सक्छ । भारत र जापानबीच सहयोगको अपार सम्भावनाहरू छन् ।'

मोदीभन्दा अगाडि जापानका प्रधानमन्त्री इशिबाले भने, 'भारतीय प्रतिभा र जापानी प्रविधि एकअर्काको लागि बनेका हुन् ।'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानको दुई दिने भ्रमणका क्रममा शुक्रबार बिहान जापान पुगेका हुन् । प्रधानमन्त्रीको रूपमा यो उनको जापानको आठौँ भ्रमण हो । उनीभन्दा पहिले मनमोहन सिंहले सबैभन्दा धेरै तीन पटक मात्र जापानको भ्रमण गरेका थिए ।

जापान जानुअघि उनले सामाजिक सञ्जालमा लेखेका थिए, 'यस भ्रमणको क्रममा, भारत र जापान बीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्ने कुरामा ध्यान केन्द्रित गरिनेछ।'

जापानी मिडियाका अनुसार, यस भ्रमणको क्रममा जापानले भारतमा १० ट्रिलियन येन अर्थात् ५.९३ लाख करोड भारतीय रुपैयाँको लगानी घोषणा गर्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत कर लगाउने निर्णय गरेपछि मोदीको यो भ्रमण भारतको रणनीतिक र आर्थिक साझेदारीलाई सुदृढ पार्ने सन्दर्भमा महत्त्वपूर्ण मानिन्छ ।

जापान भ्रमणपछि मोदी चीन भ्रमणमा जाँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ