arrow

थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
sinawatra-pm-24.jpg

काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई नैतिकता उल्लङ्घनको आरोपमा पदबाट हटाएको छ। 

कम्बोडियासँगको सीमा विवादसम्बन्धी फोन वार्ता संविधानको उल्लङ्घन भएको ठहर गर्दै अदालतले शुक्रबार यो फैसला सुनाएको हो।

फैसला लागू भएसँगै पेटोङटार्नले करिब एक वर्षसम्म सम्हालेको प्रधानमन्त्री पद गुमाएकी छिन्। 

यसअघि नै उनीविरुद्धको मुद्दाको सुनुवाइमा अदालतले सहमति जनाएपछि गत जुलाई १ मा उनलाई निलम्बन गरिएको थियो र उपप्रधानमन्त्री फुमथम वेचाचाईले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ