arrow

टुँडिखेलमा गौराको रौनक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
gaura-tudhikhel.jpg

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रमुख चाड गौरापर्व आज काठमाडौँको टुँडिखेलमा भव्यताका साथ मनाइएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि काठमाडौँमा बसोबास गर्ने सुदूरपश्चिम र कर्णालीका समुदायले सद्भाव र एकताको सन्देश दिँदै यो पर्व मनाएका हुन्।

पर्वको अवसरमा सहभागीहरूले टुँडिखेलमै देउडा गीतमा नाच्दै रमाइलो गरेका थिए। विशेषगरी महिलाहरूले परम्परागत पोशाक लगाएर देउडा नाचेका थिए। गौरापर्वले सुदूरपश्चिमको विशिष्ट पहिचान बोकेको छ र यसको ऐतिहासिक तथा पौराणिक महत्त्व पनि छ।

यो पर्व पहिले सुदूरपश्चिममा मात्र सीमित रहे पनि पछिल्लो समय काठमाडौँमा पनि विशेष रूपमा मनाउन थालिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ