arrow

आजदेखि गौरा पर्व शुरु, बिरुडा भिजाएर मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
gaura-parba.jpg

काठमाडौं । आजदेखि पश्चिम नेपालको महत्त्वपूर्ण पर्व गौरा शुरु भएको छ। यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच प्रकारका गेडागुडी भिजाएर राखिएको छ। यसरी गेडागुडी भिजाउने कार्यलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ।

बिरुडालाई भाद्र शुक्ल अष्टमीका दिन भगवतीलाई प्रसादका रूपमा चढाइन्छ र भक्तजनलाई पनि बाँडिन्छ। यस पर्वमा कुश, काँस, सामा, तीतेपाती र अपामार्गजस्ता वनस्पतिहरू मिलाएर देवीको मूर्ति बनाइन्छ, जसलाई गाउँका नायकले गाउँको सफा घरमा भित्र्याउने परम्परा छ।

यस वर्षको गौरा पर्वलाई अँध्यारी गौरा पनि भनिन्छ, किनकि यो कृष्ण पक्षमा मनाइँदैछ। सुदूरपश्चिम र मध्यपश्चिमका मानिसहरूले उमा महेश्वरसहित दुबोको पूजा गरेर यो पर्व मनाउँछन्। दुई–तीन दिनसम्म पूजा गरिसकेपछि देवीलाई नदी वा जलाशयमा लगेर विसर्जन गरिन्छ।

देउडा संस्कृतिविद् नन्दकृष्ण जोशीका अनुसार, सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई स्वामी पाउनका लागि तपस्या गरेको सम्झनामा यो पर्व शुरु गरिएको हो। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा मात्र गौरा पर्व मनाउनुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ। देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा गौरा विशेषगरी महिलाहरूले मनाउने गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ