arrow

गरिमा विकास बैंक लिमिटेड ‘द बेष्ट बैंक’ अवार्डबाट सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
garima-bikash-bank-82-5-16.jpg

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । 

गत शुक्रबार इण्डियन च्याम्बर अफ कमर्शले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक द बेष्ट बैंक र बेष्ट एआई–एमएल इम्प्लिमेन्टेसन विधामा उत्कृष्टसहित बेष्ट एमएसएमई एक्सिलिरेसन विधामा रनर अपको अवार्ड प्राप्त गरेको हो । 

यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका हुन् । 

इण्डियन च्याम्बर अफ कर्मशद्वारा सन् २०२४ मा आयोजित दोश्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा समेत यस विकास बैंकले बेष्ट एसेट्स म्यानेजमेन्ट विधामा रनर अपको रुपमा अवार्ड प्राप्त गरेको थियो ।
 
यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले भनेको छ, ‘यस अवसरमा गरिमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक महानुभावहरु, नियमनकारी निकायहरु, शेयर धनी महानुभावहरु एवं शुभचिन्तक महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । साथै यस विकास बैंकलाई निरन्तर उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गर्न आफ्नो कर्तव्य पालनामा अहोरात्र खट्ने सम्पूर्ण कर्मचारीहरुप्रति आभार व्यक्त गर्दछौँ ।’ 

हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ