arrow

“दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख”

सिटी एक्सप्रेसको २०८२ सालको दसैँ तिहार योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
citi-experss-dashain-tihar-2082-2025.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड २०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरूसँग पर्वको खुसी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी “यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ। उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र  हरेक दिन सबैलाई सिटी पेबाट क्याश ब्याक पाउने योजनामा रहेको छ।

कम्पनीका अनुसार यस “यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख”  अफर भाद्र १६ देखी कार्तिक १५ गतेसम्म लागू हुनेछ। यो अवधि भरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ