arrow

एनएमबि बैङ्कद्वारा श्री अमर जैन विद्यालयमा विद्यालय ब्याग र पानी वितरण यन्त्र हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
nmb-bank-csr0lalbandi-school-bag-water-2082.jpg

लालबन्दी। एनएमबि बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा आयोजित एक विशेष समारोहका बीच विद्यार्थीहरूलाई विद्यालय ब्याग र पानी वितरण यन्त्र हस्तान्तरण गरेको छ।

बैङ्कले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरेको हो। शिक्षालाई दिगो विकासको आधारशिला मान्दै एनएमबि बैङ्कले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस कदमले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउनका साथै विद्यार्थीहरूलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुङ्गेल प्रमुख अतिथि रहेका थिए। उनले एनएमबि बैङ्कको पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए।

त्यस्तै, एनएमबि बैङ्कका मधेस प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो। उनीहरूले बैङ्कले आगामी दिनहरूमा पनि यस्ता सामाजिक गतिविधिमा निरन्तर संलग्न हुने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो। सबै सहभागीहरूले बैङ्कको यस उदाहरणीय कार्यको प्रशंसा गरेका थिए।

एनएमबि बैङ्कले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक तथा सामाजिक रूपमा जिम्मेवार कार्यक्रम सञ्चालन गर्ने वाचा गरेको छ। हाल बैङ्कले देशभरि २०२ शाखा, १८७ स्वचालित रकम झिक्ने मेसिन तथा ९ विस्तार काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ