एनएमबि बैङ्क र वेस्ट वेस्टर्न प्लस काठमाडौँबीच साझेदारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
345
Shares
काठमाडौँ। एनएमबि बैङ्कले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्नका लागि वेस्ट वेस्टर्न प्लस काठमाडौँ होटेलसँग नयाँ साझेदारी गरेको छ। यस साझेदारी मार्फत, एनएमबि बैङ्कका कार्डवाहकहरूले वेस्ट वेस्टर्न प्लस काठमाडौँ होटेलमा कोठा बुकिङ गर्दा २०% छुट पाउने बैङ्कले जनाएको छ। जसले बैङ्कका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूको बसाइ अझ किफायती र सहज हुनेछ।
साथै, बैङ्कका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूले होटेलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटेलको स्विमिङ पुल प्रयोगमा १०% छुट पनि प्राप्त गर्न सकिने छ।
एनएमबि बैङ्कले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।