सडक सुरक्षा सम्बन्धी सम्मेलनमा भाग लिन मन्त्री दाहाल फिलिपिन्समा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
427
Shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल फिलिपिन्स प्रस्थान गरेका छन् । सडक सुरक्षासम्बन्धी एसिया प्यासिफिक सम्मेलनमा सहभागिताका लागि आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
एसियाली विकास बैँकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बरसम्म हुने सम्मेलनका लागि मन्त्री दाहालसहितको प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो ।
सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयासलगायतका बारेमा पहिलो दिनको सत्रमा सम्बोधन गर्नेछन् ।
सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडिया, पाकिस्तानलगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदार एवं विज्ञको सहभागिता रहनेछ । मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।