arrow

चल्न थाल्यो फेसबुकसहितका सामाजिक सञ्जाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
social-media-2024.jpg

काठमाडाैँ । केही दिनदेखि बन्द रहेको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । देशभर वल्र्डलिंक, भाइनेट, पोखरा इन्टरनेट, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् ।

जेनजीको आन्दोलनसँगै सामाजिक सञ्जाल चल्न थालेपछि कपितपय आश्चर्यमा परेका छन् । निर्वाध रुपले भने चलेको छैन ।

यद्यपि नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक सङ्घलगायतका संस्थाले सरकारी निर्णय कायमै रहेको बताएको छ ।

जेनजीको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिनसक्ने अड्कलबाजी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ