arrow

घरमा मृत भेटिए विश्व बक्सिङ च्याम्पियन रिकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
Ricky-Hatton.jpg

काठमाडौँ। बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ। उनी उत्तरपश्चिम इङ्गल्यान्डको हाइडस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।

ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार, ह्याटनको मृत्युलाई शङ्कास्पद रूपमा लिइएको छैन। आइतबार बिहान ६:४५ बजे प्रहरीलाई ह्याटन मृत भेटिएको खबर प्राप्त भएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उहाँको मृत्यु कुनै शंकास्पद आक्रमण वा गतिविधिबाट नभएको बताएको छ।

'द हिटम्यान' उपनामले चिनिने ह्याटनले 'लाइट वेल्टर वेट' र 'वेल्टर वेट' समूहमा धेरै विश्व उपाधिहरू जितेका थिए। उनको आक्रामक शैलीले उनलाई आफ्नो पुस्ताका सबैभन्दा लोकप्रिय बेलायती बक्सरहरूमध्ये एक बनायो।

सन् १९९७ मा व्यावसायिक बक्सिङ खेल सुरु गर्नुभएका ह्याटनले आफ्नो ४८ व्यावसायिक प्रतिस्पर्धामा ४५ उपाधि जितेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ